‘पिचिची ट्रफ्री’ आठौं पटक लियोनल मेस्सीलाई - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘पिचिची ट्रफ्री’ आठौं पटक लियोनल मेस्सीलाई

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । मेस्सीले आठौं पटक पिचिची ट्रफी जितेका हुन् ।

ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् । बार्सिलोनालाई उपाधि दिलाउन असफल भएपनि मेस्सीले ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् ।

अवार्ड जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई पछि पारे । मेस्सी बेन्जिमा भन्दा ७ गोलले अघि रहे । बेन्जिमाले २३ गोल गरे । यस्तै भिल्ला रियलका जेरार्ड मोरेनोले पनि २३ गोल गरेका थिए ।

यसैगरि मेस्सीले लगातार पाँचौं सिजन पिचिची ट्रफी जितेका हुन् । उनी लगातार पाँच सिजन यस अवार्ड जित्ने पहिलो खेलाडी हुन् ।

 

सम्बन्धित खवर