सीपीएल : सन्दीपले नाइट राइडर्सबाट खेल्ने - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सीपीएल : सन्दीपले नाइट राइडर्सबाट खेल्ने

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले ट्रीनबागो नाइट राइडर्सबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

सीपीएलले मंगलबार सन्दीपले नाइट राइडर्सबाट प्रतियोगिता खेल्ने जनाएको छ । सन्दीपले यस अघि तीन सिजन सीपीएल खेलिसकेका छन् ।

सन्दीपले गत सिजन जमैका तलावाजबाट खेलेका थिए । त्यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।

२०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुनेछ । सेट किट्स एण्ड नेभिसमा आयोजना हुने सीपीएलको फाइनल सेप्टेम्बर १९ मा हुनेछ ।

सम्बन्धित खवर