आज (मंगलबार) नेपाली राष्ट्रिय फुटबल टिम इराक जाँदै - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज (मंगलबार) नेपाली राष्ट्रिय फुटबल टिम इराक जाँदै

काठमाडौं । आज (मंगलबार) नेपाली राष्ट्रिय टिम इराकसँगको मैत्रीपूर्ण खेलका लागि त्यसतर्फ प्रस्थान गर्दै छन् ।

आज राति १० बजे अखिल नेपाल फुटबल संघ एन्फाले २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम कतार एयरवेजबाट इराक प्रस्थान गर्ने जनाएको छ ।

इराक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ । नेपालले जेठ १५ (मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए ।

नेपाली टिम :

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

सम्बन्धित खवर