मैत्रीपूर्ण खेलमा इराकसँग नेपाल पराजित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मैत्रीपूर्ण खेलमा इराकसँग नेपाल पराजित

काठमाण्डौ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग पराजित भएको छ ।

शनिबार राती बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा भएको खेलमा नेपाल बलियो टिम इराकसँग ६–२ गोल अन्तरले पराजित भएको हो ।

घरेलु टिम इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । यस्तै कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल थपे ।

नेपालका लागि मनिष डाँगीले एक गोल मात्र फर्काएका थिए । सन्तोष तामाङको चलाखीपूर्ण पासलाई अफसाइड ट्रयाप बिट गर्दै मनिषले डेब्यु गोल गरेका हुन् । यस्तै इराकका अहमेद इब्राहिम खलाफको एक आत्मघाती गोल उपहार पाएका थिए ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

सम्बन्धित खवर