यूईएफए च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यूईएफए च्याम्पियन्स लिगको उपाधि चेल्सीलाई

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लिस क्लब चेल्सीले चुमेको छ ।

शनिबार राति पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो ।

चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले एकमात्र निर्णायक गोल गरे । मासन माउन्टको पासमा खेलको ४३ औं मिनेटमा हाभर्ट्जले निर्णायक गोल गरेका हुन् ।

यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यस अघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।

सिटी भने पहिलो पटक युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता जित्न असफल भएको छ ।

सिटीले आहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । सिटी यस सिजन पहिलो पटक फाइनल पुगेको हो ।

 

सम्बन्धित खवर