कोरोना संक्रमित बिपन्न घरपरिवारलाई गाउँपालिका द्वारा राहत बितरण - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित बिपन्न घरपरिवारलाई गाउँपालिका द्वारा राहत बितरण

  • पदम सुखी सम्बाहाम्फे

पान्थर । पान्थरको कुम्मायक गाउँपालिकाले कोरोना संक्रमित गरिब तथा बिपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । कोरोना संक्रमित भएका बिपन्न परिवारलाई घरमा नै बस्नु पर्ने भएकाले त्यस्ता परिवारलाई राहत वितरण सुरु गरिएको हो ।

यसैबिच गत शुक्रवार दुई कुम्मायक गाउँपालिका १ मा बसोबास गर्दै आएका दुई बिपन्न घरपरिवारलाई पनि राहत दिइएको छ भने केही दिन अगाडि मात्र परिक्षण गर्दा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती बिरामीहरु हाल होम आइसोलेसनमा बसेका र अति बिपन्न भएकोले राहत प्रदान गरिएको कुम्मायक गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङले बताउनु भयो ।

अध्यक्ष चेम्जोङका अनुसार उनिहरु बिहान बेलुका छाक टार्न मजदुरी गर्नु पर्ने अबस्थाका परिवार भएकाले र कोरोना संक्रमित भए पछि घरमा नै बस्नु पर्ने कारण राहत दिएइको हो । राहतमा २५ के.जि को १ /१ बोरा चामल , नुन , खाने तेल लगायत दैनिक उपभोग्य बस्तु उनिहरुलाई प्रदान गरिएको पनि उहाले बताउनु भयो ।

कुम्मायक गाउँपालिकामा कोरोना सङ्क्रमितको संख्या बड्दै गएको छ । केहि सङ्क्रमित परिवार अति बिपन्न रहेकाले पहिचान गरेर अब क्रमश राहत प्रदान गरिने कुम्मायक गाउँपालिका वडा नम्बर १ का अध्यक्ष देबेन्द्र कुमार लाओतीले बताउनु भयो । कुम्मायक गाउँपालिकामा यो समाचार तयार पर्दा सम्म ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्रोत स् पाचथर एफएम यासोक

सम्बन्धित खवर