अर्जेन्टाइन स्ट्राइकर सर्जियो अग्युरो बार्सिलोनामा अनुबन्धित - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अर्जेन्टाइन स्ट्राइकर सर्जियो अग्युरो बार्सिलोनामा अनुबन्धित

एजेन्सी । अर्जेन्टाइन स्ट्राइकर सर्जियो अग्युरो स्पेनिस क्लव बार्सिलोनामा अनुबन्धित भएका छन् ।

बार्सिलोनाले सोमबार म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर अग्युरोलाई अनुबन्धित गरेको हो । ३२ वर्षीय अग्युरोलाई बार्सिलोनाले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

बार्सिलोनासँग अनुबन्धित भएपछि बोल्दै अग्युरोले क्लब विश्वकै उत्कृष्ट मध्येको एक भएको बताएका छन् । सिटीका पूर्व स्ट्राइकर अग्युरोले सिजनको अन्त्यसँगै इंग्लिस क्लब छाडेका थिए ।

अग्युरोले बार्सिलोनासँग दुई वर्षे सम्झौता गरेका छन् । उनी २०२३ सम्म बार्सिलोनामा रहने छन् ।

यसैगरि स्पेनिस क्लब बार्सिलोनाले युवा डिफेन्डर एरिक गार्सियालाई अनुबन्धित गरेको छ । बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट डिफेन्डर गार्सियालाई अनुबन्धित गरेको हो ।

सेन्टर ब्याक गार्सियाले बार्सिलोनासँग २०२६ सम्मको सम्झौता गरेका छन् । बार्सिलोनाकै एकेडेमीमा हुर्किएका स्पेनिस डिफेन्डर सन् २०१७ मा सिटी गएका थिए ।

सम्बन्धित खवर