विश्वकप छनोट : चिलीसँग अर्जेन्टिना बराबरीमा रोकियो - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोट : चिलीसँग अर्जेन्टिना बराबरीमा रोकियो

एजेन्सी । फिफा विश्वकप–२०२२ दक्षिण अमेरिकी छनोट अन्तर्गत चिलीसँग अर्जेन्टिना बराबरीमा रोकिएको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा सुरुवाती अग्रता अर्जेन्टिनाले बनाएको थियो । खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ३६ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै चिलीलाई हारबाट जोगाए । यस बराबरीसँगै अर्जेन्टिनाले ५ खेलमा ११ अंक जोडेको छ ।

अर्जेन्टिना छनोटको दोस्रो स्थानमा रहेको छ । चिली ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

अर्को खेलमा उरुग्वे र पराग्वेले गोलरहित बराबरी खेलेका छन् । त्यस्तै बोलिभियाले भेनेजुएलालाई ३–१ ले हराएको छ ।

 

सम्बन्धित खवर