विश्वकप छनोट : इक्वेडरमाथि ब्राजिलको सहज जित - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोट : इक्वेडरमाथि ब्राजिलको सहज जित

एजेन्सी । फिफा विश्वकप–२०२२ दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरमाथि सहज जित निकालेको छ ।

शनिबार भएको खेलमा ब्राजिलले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गरेको हो । ब्राजिललाई जित दिलाउन रिचार्लिसन र नेयमारले एक एक गोल गरे ।

खेलको ६५ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २–० गोलको जित दिलाए ।

जितसँगै ब्राजिलले ५ खेलमा १५ अंक जोडेको छ । ब्राजिल तालिकाको शीर्ष स्थानमा रहेको छ । यसैगरि इक्वेडर ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

 

 

सम्बन्धित खवर