विश्वकप छनोट : आज नेपाल जोर्डनसँग प्रतिस्पर्धा गर्दै - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोट : आज नेपाल जोर्डनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपालले फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट अन्तरगत बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।

आज (सोमबार) नेपाली समय अनुसार राति ९ः४५ बजे कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको लक्ष्य जित निकाल्ने रहेको बताएका छन् ।

अघिल्लो खेलमा चाईनिज ताईपेलाई २–० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ ।

जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ । जोर्डनका प्रशिक्षक वाइटल बोर्केलमान्सले नेपाली टिमको खेलमा निकै फरक आएको बताए ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।

यस अघि विश्वकप छनोट अन्तर्गत नै नेपाल जोर्डनसँग उसैको मैदानमा ३–० ले पराजित भएको थियो । नेपाल र जोर्डनविचको खेल कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुदैंछ ।

 

सम्बन्धित खवर