पोर्चुगललाई हराउँदै जर्मनी युरोपियन च्याम्पियन - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पोर्चुगललाई हराउँदै जर्मनी युरोपियन च्याम्पियन

काठमाडौं । पोर्चुगललाई हराउँदै जर्मनी युइएफए यू–२१ फुटबलको युरोपियन च्याम्पियन बनेको छ ।

आईतबार राति भएको फाईनल खेलमा जर्मनीले पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै युरोपियन च्याम्पियन बनेको हो ।

जर्मनीको जितमा खेलको ४९ औ मिनेटमा लुकास नेमेचाले विजयी गोल गरे । जर्मनीले तेस्रो पटक यू–२१ को युरो च्याम्पियन बनेको हो ।

तेस्रो पटक फाईनल खेलेको पोर्चुगल यसपटक समेत फाईनलमा उपाधि जित्नबाट बञ्जित बन्यो ।

 

 

सम्बन्धित खवर