इलाममा मंगलबार ६० जना कोरोना भाइरस संक्रमित थपिए - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा मंगलबार ६० जना कोरोना भाइरस संक्रमित थपिए

इलाम । इलाममा पछिल्लो २४ घण्टाको अवधिमा ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै इलाममा संक्रमितको संख्या १ हजार ३ सय ५३ पुगेको छ ।

मंगलबार माङसेबुङ गाउँपालिकामा २४ जना, सूर्योदय नगरपालिकामा १६ जना, इलाम नगरपालिकामा ४ जना, देउमाई नगरपालिकामा ३ जना र रोङ गाउँपालिकामा ५ जना, चुलाचुली गाउँपालिकामा ८ जनामा संक्रमण पुष्टि भएको प्रशासनले जनाएको छ ।

हालसम्म इलाममा कोरोना भाइरस संक्रमणबाट मृत्यू हुनेको संख्या भने ३० पुगेको छ ।

सम्बन्धित खवर