सुनसरीको धरानमा प्रहरी चौकीमा आक्रमण गर्ने पाँच आरोपी पक्राउ - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनसरीको धरानमा प्रहरी चौकीमा आक्रमण गर्ने पाँच आरोपी पक्राउ

धरान । सुनसरीको धरान उप–महानगरपालिका–१५ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट आक्रमण तथा तोडफोडमा संग्लग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

जेष्ठ १३ गते अस्थायी प्रहरी पोष्ट बसपार्कको कार्यालय भवन तोडफोड गरी फरार रहेका मध्येका २४ बर्षीय बिक्रम राई, २७ बर्षीय सिजन राई र २६ बर्षीय कालु भनिने सरोज लिम्बु, जेष्ठ १८ गते धरानकै देउरालीबाट पक्राउ परेका हुन् भने ३० बर्षीय बसन्त राई र ३२ बर्षीय रेगन लिम्बु धनकुटाको छथरपोखरी–४ बाट जेष्ठ २४ गते पक्राउ परेका हुन् ।

आरोपी वसन्त र रेगनले सोमबार साँझ जिल्ला प्रहरी कार्यालय धनकुटामा आत्मसर्मपण गरेका थिए । उनीहरु धरानबाट भागेर धनकुटामा लुकेर बसेको भन्ने सूचनाको आधारमा धनकुटाको बन्चरेमा सर्च अप्रेसन गरेपछि आत्मसर्पण गरेका हुन् ।

१ नम्बर प्रदेश प्रहरीको ब्युरोसँगै मोरङ, तेह्रथुम र धनकुटा जिल्लाको प्रहरीसँग समन्वय गरेर सर्च अप्रेशन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवं प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

घटना घटेको पाँचौं जिन जेठ १८ गतेनै प्रहरीले अन्य ३ जना बिक्रम, सिजन र सरोजलाई धरान ५ देउरालीमा लुकिछिपी बसको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जेठ १३ गते साँझ अस्थायी प्रहरी चौकीमा दुईजना युवाहरु उजुरी दिन पुगेकाहरुसँग चौकी इञ्चार्ज सुमन दाहालले कुरा गरिरहँदा हतियारधारी युवाहरुको समूहले चौकीभित्र प्रवेश गरि जथाभावी आक्रमण गर्ने क्रममा इन्चार्ज दाहाल गम्भीर घाइते भएका थिए भने अन्य प्रहरी जवानहरु सामान्य घाइते भएका थिए । आक्रमणकारी युवाहरुले चौकीमा ढुंगामुढासँगै तोडफोड गरी फरार भएका थिए ।

पक्राउ परेका मुख्य ५ आरोपीलाई मंगलबार सार्वजनिक गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरी आक्रमण घटनामा १० जना युवाहरु संलग्न भएको प्रहरीले जनाएका छन् । थप ५ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

सम्बन्धित खवर