विश्वकप छनोट : अर्जेन्टिना कोलम्बियासँग बराबरीमा रोकियो - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोट : अर्जेन्टिना कोलम्बियासँग बराबरीमा रोकियो

एजेन्सी । दक्षिण अमेरिकी फिफा विश्वकप छनोटमा अर्जेन्टिना कोलम्बियासँग बराबरीमा रोकिएको छ ।

छनोट अन्तर्गत बुधबार भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

कोलम्बियाविरुद्ध सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले अंक बाडेको हो । खेलको तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

खेलको आठौं मिनेटमा लिन्ड्रो डानिल पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए ।

तर, खेलेको ५१ मिनेटमा लुइस मुरीएलले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २–१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा मिगुएल बोर्जाले गोल गर्दै कोलम्बियालाई २–२ गोलको बराबरीमा फर्काए ।

यस बराबरीसँगै अर्जेन्टिनाले ६ खेलमा १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । कोलम्बिया ६ खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

सम्बन्धित खवर