इजरायलमाथि पोर्चुगलको फराकिलो जित - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इजरायलमाथि पोर्चुगलको फराकिलो जित

एजेन्सी । मैत्रीपूर्ण खेलमा इजरायलमाथि पोर्चुगलले फराकिलो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोल अन्तरले पराजित गर्दै फराकिलो जित निकालेको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले दुई गोल गरे भने क्रिस्टियानो रोनाल्डो र जोआ कान्सेलोले एक एक गोल गरे ।

खेलको ४२ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको ४४ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै टिमको अग्रता २–० को बनाए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा जोआले गोल गर्दा पोर्चुगल ३–० ले अघि रह्यो । खेलको इन्जुरी समयमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ४–० को जित दिलाए ।

साविक विजेता समेत रहेको पोर्चुगल यस पटक कठिन समूहमा रहेको छ । पोर्चुगल रहेको समूह ‘एफ’ मा विश्वकप विजेता फ्रान्स, जर्मनी र हंगेरी रहेको छ ।

सम्बन्धित खवर