युरोकप आजबाट सुरु हुदैं, उद्घाटनमा इटाली र टर्की भिड्दै - Mangsebung News
  • मङ्गलबार, असोज १२, २०७८
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप आजबाट सुरु हुदैं, उद्घाटनमा इटाली र टर्की भिड्दै

एजेन्सी । मिनी विश्वकपले परिचित युरोकप फुटबलको १६ औं संस्करण आज(शुक्रबार)देखि सुरु हुँदैछ । विश्व फुटबलको उत्कृष्ट टोलीले भाग लिने युरो कपलाई मिनी विश्वकप पनि मानिन्छ ।

नेपाली समय अनुसार राति १२ः४५ वजे इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरो कप औपचारिक रुपमा सुरु हुनेछ ।

ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।

११ शहरमा आयोजना

यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ ।

जुलाई ११ मा सकिने युरोकपमा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।

कुन समूहमा कुन टिम ?

समूह ए – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड

समूह बी – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया

समूह सी – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया

समूह डी – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक

समूह ई – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया

समूह एफ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

सम्बन्धित खवर