युरोकप : आज समूह ‘ए’ र समूह ‘बी’ गरि तीन खेल हुँदै - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : आज समूह ‘ए’ र समूह ‘बी’ गरि तीन खेल हुँदै

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) विभिन्न तीन खेलहरु हुँदैछ ।

युरोकपमा आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’ दुई खेल हुनेछ ।

नेपाली समय अनुसार आज साँझ ६ः४५ बजे अजरबैजानको बाकुमा हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेको वेल्स र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरि नेपाली समय अनुसार आज राति ९ः४५ बजे समूह ‘बी’ को पहिलो खेलमा डेनमार्क र फिनल्याण्डबीच खेल हुनेछ ।

नेपाली समय अनुसार आज राति १२ः४५ बजे हुने समूहको दोस्रो खेलमा बेल्जियम र रुसबीच प्रतिस्पर्धा हुनेछ । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम रुसलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

 

सम्बन्धित खवर