युरोकप : वेल्स र स्विजरल्याण्डको खेल बराबरी - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : वेल्स र स्विजरल्याण्डको खेल बराबरी

एजेन्सी । युरोकप फुटबल १६ औं संस्करण अन्तर्गत वेल्स र स्विजरल्याण्डले बराबरी खेल्दै समान अंक बाडेका छन् ।

शनिबार साँझ अजरबैजानको बकु ओलम्पिक स्टेडियममा भएको खेलमा वेल्स र स्विजरल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

स्विजरल्याण्डका लागि ब्रेल इम्बोलोले एक गोल गरे । वेल्सका किफेर मोरेले बराबरी गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा स्विजरल्याण्डले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ४९ औं मिनेटमा इम्बोलोले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको ७४ औं मिनेटमा मोरेले हेडरमार्फत गोल गर्दै वेल्सलाई हारबाट जोगाए ।

समूहमा ‘ए’ मा इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने स्विजरल्याण्डल १ अंकका साथ दोस्रो र वेल्सको पनि १ अंकका साथ तेस्रो स्थानमा रहेको छ । टर्की भने चौथो स्थानमा रहेको छ ।

 

 

सम्बन्धित खवर