युरोकप : आज समूह ‘सी’ र समूह ‘डी’ को गरि तीन खेल हुदैं - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : आज समूह ‘सी’ र समूह ‘डी’ को गरि तीन खेल हुदैं

एजेन्सी । युरोकप फुटबल १६ औं संस्करण अन्तर्गत आज (आइतबार) विभिन्न तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ‘सी’ को दुई खेल र समूह ‘डी’ को एक खेल हुनेछ ।

नेपाली समय हनुसार साँझ ६ः४५ बजे लण्डनको वेम्बली स्टेडियममा आज हुने पहिलो खेलमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । दुबै टिमलाई एक पटक उपाधि दाबेदार मानिएको छ ।

यस्तै नेपाली समय हनुसार आज राति ९ः४५ बजे हुने दोस्रो खेलमा समूह ‘सी’ मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ ।

नेपाली समय हनुसार आज राति १२ः४५ बजे आजको अन्तिम खेलमा समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुनेछ । नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ ।

सम्बन्धित खवर