कोपा अमेरिका : ब्राजिलको सानदार विजयी सुरुवात - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोपा अमेरिका : ब्राजिलको सानदार विजयी सुरुवात

एजेन्सी । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले भेनेजुएलालाई पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ ।

आइतबार राति ब्राजिलकोस्टाडियो नेसनल डी ब्रासिलियामा भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले सानदार विजयी सुरुवात गरेको हो ।

ब्राजिललाई जित दिलाउन मार्क्विवन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरे ।

खेलको २३ औं मिनेटमा मार्क्विवन्होसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए ।

यसैगरि खेलको ६४ औं मिनेटमा डानिलोलाई भेनेजुएलाका योहानले पेनाल्टी बक्स क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टी पाएकोमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए ।

ब्राजिलका लागि नेयमारको यो ६७ औं गोल हो । पेलेको कीर्तिमान भन्दा नेयमार १० गोलले पछि रहेका छन् ।

त्यसपछि खेलको ८९ औं मिनेटमा नेयमारको पासमा गार्बियलले गोल गर्दै ब्राजिललाई ३–० को जित दिलाए ।

यस जितसँगै समूह ‘बी’ मा रहेका ब्राजिलले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ ।

भेनेजुएलाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । भेनेजुएला समूहको पुछारमा रहेको छ ।

 

 

सम्बन्धित खवर