युरोकप :आज समूह ‘डी’ को एक र ‘ई’ को दूई गरि तीन खेल हुदैं - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप :आज समूह ‘डी’ को एक र ‘ई’ को दूई गरि तीन खेल हुदैं

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी युरोकप फुटबल १६ औं संस्करण अन्तर्गत आज (सोमबार) तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ‘डी’ को एक खेल र समूह ‘ई’ को दुई खेलहरु हुनेछ ।

सोमबार नेपाली समय अनुसार साँझ ६ः४५ बजे हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ ।

घरेलु मैदानमा स्कटल्याण्ड जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । तर, बलियो टिम चेक रिपब्लिकविरुद्ध जित निकाल्न स्कटल्याण्डलाई सहज भने हुने छैन ।

आजै हुने दोस्रो खेलमा नेपाली समय अनुसार राति ९ः४५ बजे समूह ‘ई’ मा रहेका पोल्याण्ड र स्लोभाकिया भिड्ने छन् । आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन् ।

आज हुने तेस्रो खेलमा नेपाली समय अनुसार राति १२ः४५ बजे समूह ‘ई’ मा रहेका युरोपियन फुटबलमा दुई पावरहाउस टोलि स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ ।

स्पेन र पोल्याण्डबीचको खेल सेभियामा हुनेछ । घरेलु मैदानमा स्पेन जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । पोल्याण्ड पनि पहिलो खेलमा घरेलु टोलीलाई स्तब्ध बनाउन चाहन्छ ।

स्पेन युरोकपकै सर्वाधिक सफल टिम हो । स्पेनले तीन पटक उपाधि जितिसकेको छ ।

सम्बन्धित खवर