युरोकप : आज पोर्चुगल र हंगेरी तथा फ्रान्स र जर्मनीको खेल हुदैं - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : आज पोर्चुगल र हंगेरी तथा फ्रान्स र जर्मनीको खेल हुदैं

एजेन्सी । युरोकप फुटबल १६ औं संस्करण अन्तरगत युरोकप फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछ ।

युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको युरोकपमा आज समूह ‘एफ’ अन्तरगत पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली समय अनुसार राति ९ः४५ बजे साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान पुस्कास एरिनामा बुडापेस्टमा खेल्नेछ ।

पोर्चुगल सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तर, घरेलु टिम हंगेरीलाई हराउँन पोर्चुगललाई सहज भने हुने छैन ।

यसैगरि आज नेपाली समय अनुसार राति १२ः४५ बजे हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग म्युनिखस्थित एलिनाज स्टेडियममा खेल्नेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा फ्रान्स जित निकाल्ने योजनामा हुनेछ । विश्व विजेता फ्रान्स पहिलो खेलमै बलियो टिम जर्मनीलाई हराएर उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ । यस्तै जर्मनी पनि फ्रान्सलाई हराएर सानदार सुरुवात गर्न चाहन्छ ।

फ्रान्स र जर्मनीबीच अहिलेसम्म मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुबै टोलीले २/२ खेल जितेको छ । दुई खेल भने बराबरीमा सकिएको छ ।

सम्बन्धित खवर