युरोकप : ग्रुफ अफ डेथमा फ्रान्स र पोर्जुगलको विजयी सुरुवात - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : ग्रुफ अफ डेथमा फ्रान्स र पोर्जुगलको विजयी सुरुवात

एजेन्सी । युरोकप फुटबल १६ औं संस्करण अन्तररगत जर्मनीविरुद्ध साविक उपविजेता फ्रान्सले विजयी सुरुवात गरेको छ ।

जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा मंगलबार राति भएको खेलमा जर्मनीलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले सुखद सुरुवात गरेको हो ।

खेलको २० औं मिनेटमा विश्व विजेता फ्रान्सले जर्मनीका माट हुमेल्सको आत्मघाती गोलको मद्दतमा जित निकालेको हो ।

फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए । जुन गोल खेलको निर्णायक गोल बन्यो ।

यसैगरि फ्रान्सले गरेको दुई गोलले मान्यता पाएन । खेलको ६६ औं मिनेटमा केलियन एमबाप्पेले र खेलको ८५ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेका थिए । तर, दूवै गोल अफसाइड भएपछि उक्त दूवै मान्यता नपाएको हो ।

जितसँगै ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ मा रहेका फ्रान्सले महत्वपूर्ण ३ अंक जोडेको छ । यस समूहमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ । यस्तै फ्रान्स समूहको दोस्रो स्थानमा रहेको छ भने जर्मनी तेस्रो र हंगेरी चौंथो स्थानमा रहेको छ ।

पोर्चुगलको सानदार सुरुवात

साविक विजेता पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

पुस्कास एरिनामा मंगलबार भएको समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३–० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो ।

पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै राफायल गुइरेरोको नाममा एक गोल रह्यो ।

खेलको ८४ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । यसैगरि खेलको ८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २–० को बनाए ।

त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा राफा सिल्भाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को जित दिलाए ।

हंगेरीविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले युरोकपमा ११ गोल गरे सँगै फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोड्दै कीर्तिमान बनाएका हुन् ।

यसैगरि ३६ वर्षीय रोनाल्डोले पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।

यसअघि रोनाल्डोले पहिलो पटक सन् २००४ को युरोकप खेलेका थिए । त्यसपछि उनले २००८, २०१२ र २०१६ को संस्करण खेलेका छन् । २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि जितेको थियो ।

सम्बन्धित खवर