युरोकप : आज समूह ‘ए’ को दुई र ‘बी’ को एक गरि तीन खेल हुदैं - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : आज समूह ‘ए’ को दुई र ‘बी’ को एक गरि तीन खेल हुदैं

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (बुधबार) समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल गरि तीन खेलहरु हुँदैछ ।

नेपाली समय अनुसार आज साँझ ६ः४५ बजे हुने पहिलो खेलमा समूह ‘बी’ मा रहेको फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ ।

फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो ।

रुस भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

नेपाली समय अनुसार आज राति ९ः४५ बजे हुने दोस्रो खेलमा समूह ‘ए’ मा रहेको वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ ।

वेल्स पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा वेल्सले स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो । यस्तै टर्की पनि पहिलो अंक जोड्न चाहन्छ । टर्कीलाई पहिलो खेलमा इटालीले ३–० ले हराएको थियो ।

आज नेपाली समय अनुसार आज राति १२ः४५ बजे हुने तेस्रो खेलमा इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
इटाली लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा इटालीले टर्कीलाई हराएको थियो ।

स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो । तर, आज इटालीलाई हराएर स्विजरल्याण्ड पहिलो जित निकाल्न चाहन्छ ।

सम्बन्धित खवर