युरोकप : आज समूह ‘सी’ को दुई र ‘बी’ को एक गरि तीन खेल हुदैं - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : आज समूह ‘सी’ को दुई र ‘बी’ को एक गरि तीन खेल हुदैं

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारि १६ औं संस्करणको युरोकप फुटबलमा आज (बिहीबार) तीन खेलहरु हुँदैछ ।

युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘सी’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ ।

आज नेपाली समय अनुसार साँझ ६ः४५ बजे हुने पहिलो खेलमा समूह ‘सी’ मा रहेको युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ ।

आज युक्रेन पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।

नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा हुनेछ । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो ।

आज नेपाली समय अनुसार साँझ ९ः४५ बजे हुने दोस्रो खेलमा समूह ‘बी’ मा रहेको बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । डेनमार्क भने पहिलो जित निकाल्न चाहन्छ ।
आज नेपाली समय अनुसार साँझ १२ः४५ बजे हुने समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ ।

नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । अष्ट्रिया पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

सम्बन्धित खवर