कोपा अमेरिका : पेरुमाथि ब्राजिलको सानदार जित - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोपा अमेरिका : पेरुमाथि ब्राजिलको सानदार जित

एजेन्सी । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले सानदार जित निकालेको छ ।

ओलम्पिक निल्टन सान्तोस स्टेडियममा शुक्रबार बिहान भएको खेलमा पेरुलाई ४–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित निकालेको हो ।

ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक एक गोल गरे ।

खेलको १२ औं मिनेटमा ग्राबियल जिससको पासमा एलेक्सले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए ।

यसैगरि खेलको ६८ औं मिनेटमा फ्रेडको पासमा नेयमारले गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए । ब्राजिलका लागि नेयमारको यो ६८ औं गोल हो ।

खेलको ८९ औं मिनेटमा रिचार्लीसनको पासलाई सदुपयोग गर्दै एभर्टनले गोल गर्दा ब्राजिलले ३–० को अग्रता बनायो ।

त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४–० को सानदार जित दिलाए ।

यस जितसँगै समूह ‘बी’ मा रहेका ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ । ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेल खेलेको पेरुको यो पहिलो हार हो । पेरु समूहको पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

कोलम्बिया २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । एक अंक जोडेको भेनेजुएला तेस्रो स्थानमा रहेको छ ।

 

सम्बन्धित खवर