युरोकप : आज समूह ‘ई’ को एक र ‘डी’ को दूई गरि तीन खेल हुदैं - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : आज समूह ‘ई’ को एक र ‘डी’ को दूई गरि तीन खेल हुदैं

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना जारि १६ औं संस्करणको युरोकप फुटबलमा आज (शुक्रबार) तीन खेलहरु हुँदैछन् ।

आज नेपाली समय अनुसार साँझ ६ः४५ बजे हुने युरोकपको समूह चरण अन्तर्गत पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ ।

आज स्लोभाकिया लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । स्विडेन भने पहिलो जित निकाल्ने योजनामा हुनेछ ।

यसैगरि नेपाली समय अनुसार राति ९ः४५ बजे हुने दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्ने छन् ।

समूह ‘डी’ मा रहेको क्रोएसिया पहिलो जित निकाल्ने योजनामा रहेको छ । चेक रिपब्लिक भने लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

यस्ते आज नेपाली समय अनुसार राति ९ः४५ बजे हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘डी’ को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । स्कटल्याण्ड भने पहिलो जित निकाल्ने योजनामा हुनेछ ।

 

सम्बन्धित खवर