युरोकप : स्विडेनको पहिलो जित - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : स्विडेनको पहिलो जित

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना जारि१६ औं संस्करणको युरोकप फुटबलमा स्विडेनले पहिलो जित निकालेको छ ।

शुक्रबार साँझ रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा समूह चरणको दोस्रो खेलमा स्लोभाकियालाई १–० गोल अन्तरले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो ।

स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् ।

स्लोभाकियाका गोलकिपर मार्टिनले रोबिनलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि स्विडेनले पेनाल्टी पाएको थियो ।

यस जितसँगै समूह ‘ई’ मा रहेको स्विडेनले २ खेलमा ४ अंक जोडेको छ । समूहको स्विडेन शीर्ष स्थानमा रहेको छ । यस्तै स्लोभाकियाको भने यो पहिलो हार हो ।

 

सम्बन्धित खवर