युरोकप : इंग्ल्यान्ड र स्कटल्याण्ड तथा चेक रिपब्लिक र क्रोएसियाको बराबरी - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : इंग्ल्यान्ड र स्कटल्याण्ड तथा चेक रिपब्लिक र क्रोएसियाको बराबरी

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना जारि १६ औं संस्करणको युरोकप फुटबलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ ।

शुक्रबार राति वेम्बली स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो ।

खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै समूह ‘डी’ को इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा रहेको छ ।

स्कटल्याण्डको भने यो पहिलो अंक हो । स्कटल्याण्डले २ खेलमा १ अंक जोडेको छ । पुछारमा रहेको स्कटल्याण्ड पहिलो खेलमा चेक रिपब्लिकसँग २–० गोल अन्तरले स्तब्ध भएको थियो ।

चेक रिपब्लिक र क्रोएसियाको बराबरी

क्रोएसियाले १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिकसँग बराबरी खेल्दै अंक बाडेको छ ।

हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट पाएको पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ४७ औं मिनेटमा आन्द्रे कर्मारीचको पासमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाए ।

यस बराबरीसँगै समूह ‘डी’ मा रहेको क्रोएसियाले २ खेलमा १ अंक जोडेको छ । क्रोएसिया तालिकाको तेस्रो स्थानमा रहेको छ ।

चेक रिपब्लिकले २ खेलमा ४ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ ।

 

 

 

सम्बन्धित खवर