युरोकप : आज इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्दै - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : आज इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्दै

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जरि १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् ।

युरोकपको समूह चरण अन्तर्गत नेपाली समय अनुसार आज राति ९ः४५ बजे समूह ‘ए’ को इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्कीबिचको दुई खेल हुनेछ ।

रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ ।

अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ ।

यसैगरि वेल्स पनि इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेल बाकुमा स्वीजरल्याण्ड र टर्कीबीचको खेल हुनेछ । आज स्वीजरल्याण्ड पहिलो जितको खोजीमा हुनेछ । यस्तै जित निकाल्दै स्वीजरल्याण्ड नकआउट चरणको ढोका खेल्न चाहन्छ ।

टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन ।

सम्बन्धित खवर