एजेन्सी । बार्सिलोनाले फरवार्ड मेम्फिस डिपेलाई अनुबन्धन गरेको छ ।
फ्रान्सेली क्लब लियोनसंग सम्झौता सकिएसंगै २७ वर्षिया डच फरवार्ड डिपे फ्रि–ट्रान्सफरमा बार्सिलोनामा आबद्ध भएका हुन् ।
यस समरमा चौथो खेलाडीको रुपमा स्पेनिस क्लब बार्सिलोनाले डिपेलाई अनुबन्ध गरेको छ ।
यसअघि म्यान्चेष्टर सिटीका सर्जियो अग्युरो, इरिक गार्सियालाई अनुबन्धन गरेको बार्सिलोनाले इमर्सन रोयललाई समेत क्लबमा आबद्ध गरेको छ ।
उनी गत वर्षमात्र पूर्व प्रशिक्षक रोनाल्ड कोम्यानसंग जोडिन चाहेका थिए । नेदरल्याण्डका पूर्व प्रशिक्षक कोम्यानसंग डिपेले दुई वर्षको सम्झौता गरेको बताईएको छ ।
कोम्यानले डिपेसंग हस्ताक्षर नभएपनि क्लबमा लगभग आउने पक्का भएको बताएको भोलिपल्ट बार्सिलोनाले औपचारिक घोषणा गरेको हो ।
नेदरल्याण्डका अन्तराष्ट्रिय खेलाडी डिपे सन् २०१७ मा म्यान्चेष्टर युनाईटेडबाट लियोनमा आबद्ध भएका थिए ।