युरोकप : इटाली समूह विजेता, वेल्स उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : इटाली समूह विजेता, वेल्स उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जरि १६ औं संस्करणको युरोकप फुटबलमा इटाली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

आइतबार राति ओलम्पिक स्टेडियम रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

१० खेलाडीमा समेटिएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले निर्णायक गोल गरे । खेलको ३९ औं मिनेटमा माटियोले निर्णायक गोल गरेका हुन् । उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन् ।

यस्तै खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इटालीका फेड्रिको बेर्नार्डेस्चीलाई फउल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

इटालीविरुद्ध वेल्सले पनि गोलको केहि अवसर सिर्जना गरेको थियो । तर, गोलमा परिणत गर्न नसक्दा पराजित भएको हो ।

यस जितसँगै समूह ‘ए’ को इटालीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

स्विट्जरल्यान्डको पहिलो जित

स्विट्जरल्यान्डले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ । आइतबार राति बाकुमा भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३–१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो ।

स्विट्जरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई गोल गरे । हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका लागि भने इरफान केभाचीले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा स्टेभेन जुबेरको पासमा हरिसले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२६ औं मिनेटमा उनले जुबेरकै पासमा शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई २–० गोलको अग्रता दिलाए । यस्तै खेलको ६२ औं मिनेटमा हकानको पासमा इरफानले गोल गर्दै टर्कीलाई २–१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा जुबेरको पासमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३–१ को जित दिलाए ।

समूह चरणको अन्तिम खेलमा जित निकालेपनि स्विट्जरल्यान्ड सिधै नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ ।

तर, स्विट्जरल्यान्डको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको छ । टर्की भने अंक विहीन बन्दै समूह चरणबाट बाहिरिएको छ ।

 

सम्बन्धित खवर