कोपा अमेरिका : कोलम्बियामाथि पेरुको जित - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोपा अमेरिका : कोलम्बियामाथि पेरुको जित

एजेन्सी । ब्राजिलमा जारि कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित निकालेको छ ।

सोमबार बिहान भएको खेलमा कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गर्दै पेरुले पहिलो जित निकालेको हो ।

पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । कोलम्बियाका मिगुएल बोर्जाले एक गोल फर्काए ।

खेलको १७ औं मिनेटमा पेनाले गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ५३ औं मिनेटमा बोर्जाले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६४ औं मिनेटमा कोलम्बियाका एरी मिनाले आत्मघाती गोल गरेपछि पेरु २–१ ले विजयी भयो ।

यस जितसँगै समूह ‘बी’ को पेरु तेस्रो स्थानमा रहेको छ । पहिलो हार व्यहोरेको कोलम्बिया दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

 

सम्बन्धित खवर