युरोकप : आज समूह ‘बी’ र ‘सी’ को समान दुई दुई खेल हुदैं - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : आज समूह ‘बी’ र ‘सी’ को समान दुई दुई खेल हुदैं

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारि १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) चार खेलहरु हुँदैछन् ।

युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘बी’ र समूह ‘सी’ को समान दुई दुई खेल हुनेछन् ।

नेपाली समय अनुसार आज राति ९ः४५ बजे समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ ।

नेदरल्यान्ड्स यस समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ । नर्थ म्यासेडोनियालाई पनि हराएर नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न चाहन्छ ।

यस्तै नर्थ म्यासेडोनिया अंक विहीन रहदै पुछारमा रहेको छ । म्यासेडोनियाले अघिल्ला दुबै खेल गुमाएको थियो ।

यसैगरि नेपाली समय अनुसार आजर राति ९ः४५ बजे हुने यस समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् ।

आज दुबै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ । युक्रेन २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अष्ट्रिया २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै नेपाली समय अनुसार आज राति १२ः४५ बजे समूह ‘बी’ मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ ।

बेल्जियम यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । आज फिनल्याण्डलाई हराएर बेल्जियम समूह विजेता बन्न चाहन्छ ।

फिनल्याण्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा नेपाली समय अनुसार आज राति १२ः४५ बजे रुसले डेनमार्कसँग खेल्नेछ ।

रुस आज डेनमार्कलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । डेनमार्क अंक विहीन रहदै पुछारमा रहेको छ ।

सम्बन्धित खवर