कोपा अमेरिका : अर्जेन्टिना र चिली क्वाटरफाइनलमा प्रवेश - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोपा अमेरिका : अर्जेन्टिना र चिली क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले दोस्रो जित निकालेको छ ।

मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो जित निकालेको हो ।

यस जितसँगै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । अर्जेन्टिनालाई जित दिलाउन एलेजेन्ड्रो गोमेजले निर्णायक गोल गरे ।

एन्जल डी मारियाको पासमा गोमेजले खेलको दशौँ मिनेटमा गोल गरेका हुन् । यस जितसँगै अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ । पाराग्वे भने तेस्रो स्थानमा रहेको छ ।

चिली क्वाटरफाइनलमा

चिली कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा उरुग्वेसँग १–१ गोलको बराबरीमा रोकिएपनि चिलीले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

ब्राजिलको एरिना पन्टानलमा अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि चिली बराबरीमा रोकिएको हो ।

सम्बन्धित खवर