युरोकप : आज समूह चरणका अन्तिम चार खेल हुँदै - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : आज समूह चरणका अन्तिम चार खेल हुँदै

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारि १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) समूह चरणका अन्तिम चार खेलहरु हुँदैछन् ।

युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरुमा समूह ‘ई’ र समूह ‘एफ’ को २÷२ खेलहरु हुनेछन् । जारी युरोकपमा १२ टिमले नकआउट चरणमा स्थान बनाईसकेको छ ।

स्पेनको सेभियामा नेपाली समय अनुसार आज राति ९ः४५ बजे समूह ‘ई’ मा रहेको स्पेनले स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ ।

स्पेनलाई नकआउट चरणमा प्रवेश गर्नका लागि यस खेल महत्वपूर्ण रहेको छ । स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।

यसैगरि नेपाली समय अनुसार आज राति ९ः४५ बजे यसै समूहको अर्को खेलमा स्विडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

स्विडेन ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । स्विडेन नकआउट चरणमा पुगिसकेको छ । पोल्याण्डको पनि अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।

यस्तै नेपाली समय अनुसार राति १२ः४५ बजे समूह ‘एफ’ अन्तर्गत साविक विजेता पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।
पुस्कास स्टेडियममा पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । पोर्चुगललाई हराएर फ्रान्स समूह विजेता बन्न चाहन्छ ।

यसैगरि नेपाली समय अनुसार राति १२ः४५ बजे यसै समूहको अर्को खेलमा जर्मनीले हंगेरीसँग खेल्नेछ ।

जर्मनी २ खेलम ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरी पनि जर्मनीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।

 

सम्बन्धित खवर