आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डलाई - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डलाई

एजेन्सी । पहिलो संस्करणको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको छ ।

साउथह्याम्पटनमा बुधबार भएको फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्ड पहिलो संस्करणको च्याम्पियन बनेको हो ।

उपाधिसँगै न्युजिल्याण्डले १.६ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भारतले ८००,००० अमेरिकी डलर प्राप्त गरेको छ ।

दोस्रो इनिङ्समा भारत १ सय ७० रन जोड्दा अलआउट भएपछि न्युजिल्याण्डले १ सय ३९ रनको लक्ष्य पाएको थियो ।

उक्त सामान्य लक्ष्य न्युजिल्याण्डले मात्र २ विकेट गुमाएर पूरा गर्यो । दोस्रो इनिङ्समा न्युजिल्याण्डका कप्तान केन विलियम्सनले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले भने रोस टेलर ४७ रनमा अविजित रहे ।

ओपनर डेभोन कन्वे १९ रन जोड्दा आउट हुँदा टम लाथम ९ रनमा आउट भए । भारतका रविचन्द्र आश्विनले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय १७ रन बनाएको थियो ।

पहिलो इनिङ्समा भारतका अजिन्का रहाणेले सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ४४ रन जोड्दा रोहित शर्माले ३४ रन बनाए । शुबमन गिलले २८ तथा रविचन्द्र आश्विनले २२ रन बनाए ।

भारतलाई सस्तैमा समेट्ने न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए । उनले मात्र ३१ रन खर्चिए ।

त्यस्तै ट्रेन्ट बोल्ट र निल वाग्नेरले २÷२ विकेट लिए । पहिलो इनिङ्समा न्युजिल्याण्ड पनि २ सय ४९ रन जोड्दा अलआउट भएको थियो ।

न्युजिल्याण्डका लागि पहिलो इनिङ्समा ओपनर डेभोन कन्वेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । टम लाथम ३० रन जोडेर आउट भए ।

कप्तान केन विलियम्सनले ४९ रन जोड्दा टम लाथम ३० रन जोडेर आउट भए । टिम साउथीले ३० रन जोड्दा केली जेमिसन २१ रन बनाए ।

भारतका मोहमद शामीले ४ विकेट लिए । इशान शर्माले ३ तथा रविचन्द्र आश्विनले २ विकेट लिए ।

न्युजिल्याण्डका बलर चम्किएपछि दोस्रो इनिङ्समा पनि भारत सस्तैमा समेटिएको थियो । भारतका ऋषव पन्तले सर्वाधिक ४१ रन बनाए । रोहित शर्माले ३० रन जोड्दा रविन्द्र जडेजाले १६ रन बनाए ।

अजिन्का रहाणे र चेतेश्वर पुजारा समान १५ रनमा आउट हुँदा कप्तान विराट कोहली र मोहमद शामी समान १३ रनमा आउट भए ।

न्युजिल्याण्डका टिम साउथीले ४ विकेट लिए । ट्रेण्ड बोल्टले ३ तथा केली जेमिसनले ३ विकेट लिए ।

 

 

सम्बन्धित खवर