कोपा अमेरिका : ब्राजिलको लगातार तेस्रो जित - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोपा अमेरिका : ब्राजिलको लगातार तेस्रो जित

एजेन्सी । ब्राजिलमा जारि कोपा अमेरिका फुटबलमा ब्राजिलले कोलम्बियालाई हराउदै लगातार तेस्रो जित निकालेको छ ।

बिहिबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोल अन्तरले हराएको हो । ब्राजिलको जितमा रोबर्टो फिर्मिन्हो र कासमिरोले एक एक गोल गरे ।

खेलमा अग्रता लुइस डियाजको गोलमा कोलम्बियाले लिएको थियो । खेलको दशौं मिनेटमा जुआन कुआड्राडाको पासलाई सदुपयोग गर्दै डियाजले कोलम्बियालाई अग्रता दिलाएका थिए ।

खेल सकिन १२ मिनेट अघि ब्राजिलले बराबरी गोल फर्कायो । रिनान लोडीको पासमा फिर्मिन्होले ब्राजिलका लागि बराबरी गोल फर्काए ।

खेलको इन्जुरी समयमा नेयमारले उपलब्ध गराएको पासमा कासमिरोले गोल गर्दै ब्राजिललाई जित दिलाए ।

ब्राजिल ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत छ । ब्राजिलसंग पराजित बनेको कोलम्बिया ४ अंक सहित दोस्रो स्थानमा छ ।

यसैगरि बिहिबारनै भएको पहिलो खेलमा पेरु र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

सम्बन्धित खवर