युरोकप : अन्तिम १६ समिकरण पुरा, कुन कुन टिम भिड्दै ? - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : अन्तिम १६ समिकरण पुरा, कुन कुन टिम भिड्दै ?

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको समूह चरणको खेलहरु सकिएसँगै अन्तिम १६ को समिकरण पुरा भएको छ ।

बुधबार राति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएको हो । समूह चरणको खेल सकिएसँगै प्रतियोगिताको नकआउट चरणमा पुग्ने टोलीको समेत टुंगो लागेको छ ।

नकआउट चरणमा १६ टिमले स्थान बनाएका छन् । ६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।

यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क, अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन् ।

नकआउट चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ । अन्तिम १६ मा कुन कुन टिम भिड्दै ?

वेल्स विरुद्ध डेनमार्क

इटाली विरुद्ध अष्ट्रिया

नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक

बेल्जियम विरुद्ध पोर्चुगल

क्रोएसिया विरुद्ध स्पेन

फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड

इंग्ल्यान्ड विरुद्ध जर्मनी

स्विडेन विरुद्ध युक्रेन

 

 

 

सम्बन्धित खवर