कोपा अमेरिका : उरुग्वे र पाराग्वेको सहज जित - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोपा अमेरिका : उरुग्वे र पाराग्वेको सहज जित

एजेन्सी । उरुग्वे ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २–० को जित दिलाए ।

यस जितसँगै समूह ‘ए’ को उरुग्वे चौंथो स्थानमा रहेको छ । बोलिभिया अंक विहीन रहदै पुछारमा रहेको छ । बोलिभिया प्रतियोगिताबाट समेत बाहिरिएको छ ।

पाराग्वेको सहज जित

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पाराग्वेले चिलीलाई पराजित गरेको छ । बिहीबार बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पाराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एक एक गोल गरे । खेलको ३३ औं मिनेटमा मिगुएलको पासमासामुले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५८ औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई २–० को जित दिलाए ।

यस जितसँगै समूह ‘ए’ को पाराग्वेले ३ खेलमा ६ अंक जोडेको छ । पाराग्वे समूहको दोस्रो स्थानमा उक्लिएको छ ।

पाराग्वे यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ । तेस्रो स्थानको चिलीले यस अघि नै क्वाटरफाइनलमा स्थान बनाईसकेको छ ।

सम्बन्धित खवर