कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनालाई - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनालाई

एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।

ब्राजिलको रियो दी जेनेरियोस्थित माराकाओ स्टेडियममा आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

अर्जेन्टिनाले २८ वर्षपछि पहिलो पटक उपाधि जितेको हो । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा उपाधि जितेको थियो ।

अर्जेन्टिनाको यो १५ औं कोपा उपाधि हो । अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे ।

उनले खेलको २२ औं मिनेटमा निर्णायक गोल गरे । उनले रोड्रिगो डी पाउलको पासमा उत्कृष्ट गोल गरे ।

ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले बिफल गरिदिएका थिए । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ ।

यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् । ३४ वर्षीय मेस्सीले सन्यास फिर्ता लिदै अर्जेन्टिनालाई उपाधि दिलाउन सफल भएका हुन् ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । यसैगरि मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।

मेस्सीले प्रतियोगितान ७ खेल खेल्दै ४ गोल गरे । उनले ५ असिस्ट समेत गरेका थिए । मेस्सीले कोलम्बियाका लुइस डियाजलाई पछि पार्दै सर्वाधिक गोलकर्ता बनेका हुन् । डियाजले ५ खेलमा ४ गोल गरे ।

३४ वर्षीय मेस्सीको यस उपाधि पहिलो अन्तराष्ट्रिय उपाधि समेत हो । मेस्सी प्रतियोगितामा सर्वाधिक धेरै प्लेयर अफ दि म्याच पाउने खेलाडी हुन् ।

अर्जेन्टिनाका एन्जल डी मारिया फाइनल खेलको प्लेयर अफ दि म्याच चुनिए । ब्राजिलविरुद्ध उनले नै २२ औं मिनेटमा निर्णायक गोल गरेका थिए । अर्जेन्टिनाका इमिलियानो मार्टिनेज सर्वोत्कृष्ट गोलकिपर चुनिए ।

 

 

सम्बन्धित खवर