टोकियो ओलम्पिक : सुटिङमा कल्पनाकोे राष्ट्रिय किर्तिमान - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टोकियो ओलम्पिक : सुटिङमा कल्पनाकोे राष्ट्रिय किर्तिमान

काठमाडौं । टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी कल्पना परियारले सुटिङमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

टोकियोमा आज बिहान सम्पन्न खेलमा महिलातर्फको १० मिटर राइफलमा कल्पनाले ६१६.८ अंक प्राप्त गर्दै ब्यक्तिगत कीर्तिमानमानमा सुधार गरेकी हुन ।

प्रतियोगितामा ४६औं स्थानमा रहेकी उनले यसअघिको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन् ।

हिजोबाट औपचारिक सुरु भएको ओलम्पिकमा नेपालबाट पाँच जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित

यसैगरि टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छिन् ।

शनिबार भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् ।

१९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन् । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन् ।

सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् । सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी खेलाडी हुन् ।

सोनियाले महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् । उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

सम्बन्धित खवर