टोकियो ओलम्पिक : पदक तालिकामा चीनको अग्रता कायमै - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टोकियो ओलम्पिक : पदक तालिकामा चीनको अग्रता कायमै

एजेन्सी । जापानमा जरि विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ चीनको अग्रता कायमै छ ।

आइतबारसम्म राजधानी टोकियोमा जारि ओलम्पिकमा कुल २९ स्वर्ण पदकको छिनोफानो हुदा १६ राष्ट्रले स्वर्ण जितेका छन् ।

टोकियो ओलम्पिकको तेस्रो दिन कुल ४० राष्ट्रले पदक जित्दा पदक तालिकामा चीनले अग्रता कायमै राखेको छ । चीनले आइतबारसम्म ६ स्वर्णसहित कुल ११ पदक जितेको छ ।

यस्तै आयोजक जापान ५ स्वर्णसहित कुल ६ स्वर्ण जितेर दोस्रो स्थानमा रहेको छ । अमेरिका ४ स्वर्णसहित कुल १० पदक जितेर तेस्रो स्थानमा रहदा दक्षिण कोरिया २ स्वर्णसहित ५ पदक जिदै चौंथो स्थानमा रहेको छ ।

ओलम्पिकमा आइतबारसम्म स्वर्ण जित्ने अन्य राष्ट्रमा इटाली, अष्ट्रेलिया,फ्रान्स, अष्ट्रिया, ट्युनिसिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो, थाइल्याण्ड, उज्वेकिस्तान र रसियन ओलम्पिक कमिटि रहेका छन् ।

नेपालबाट यस ओलम्पिकमा पाँच खेलाडीले सहभागिता जनाएका छन् । दुई खेलाडी बाहिरिसकेका छन् । अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।

सम्बन्धित खवर