टोकियो ओलम्पिक : पौडीमा एलेक्सको राष्ट्रिय कीर्तिमान - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टोकियो ओलम्पिक : पौडीमा एलेक्सको राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपालका पौडी खेलाडी एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले जापानमा जारी टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

मंगलबार एलेक्सले टोकियो एक्वेटिक सेन्टरमा पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । ७ खेलाडी रहेको हिट–१ मा एलेक्स शीर्ष स्थानमा रहे ।

एलेक्सले आफ्नै नामको कीर्तिमान सुधार गरेका हुन् । यस अघि एलेक्सको नाममा ५५.३८ सकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

एलेक्सले राष्ट्रिय कीर्तिमान बनाएपनि सेमिफाइनलमा स्थान बनाउन सकेनन् । उनी हिट चरणबाट बाहिरिए ।

यस स्पर्धामा प्रतिस्पर्धा गरेका कुल ७१ खेलाडीमध्ये एलेक्स ५९ औं स्थानमा रहे । हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाएका छन् ।

टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले सहभागी छन् । अब गौरिका सिंहले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।

गौरिकाको प्रतिस्पर्धा बुधबार रहेको छ । गौरिकाले महिला १ सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्ने छिन् ।

 

 

सम्बन्धित खवर