टोकियो ओलम्पिक : नेपालकी पौडीवाच गौरिकाको राष्ट्रिय कीर्तिमान - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टोकियो ओलम्पिक : नेपालकी पौडीवाच गौरिकाको राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपालकी पौडीवाच गौरिका सिंहले जापानमा जारी टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

बुधबार १८ वर्षिया गौरिकाले टोकियो एक्वेटिक सेन्टरमा महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

हिट चरणमा गौरिकाले १ः००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् ।

५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् । यस अघि गौरिकाको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

राष्ट्रिय कीर्तिमान बनाए पनि गौरिकाले सेमिफाइनलमा स्थान बनाउन सकिनन् । उनी हिट चरणबाट बाहिरिए । यस स्पर्धामा प्रतिस्पर्धा गरेका कुल ५२ खेलाडीमध्ये गौरिका ५१ औं स्थानमा रहिन् ।

ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो । यस अघि २०१६ मा गौरिकाले रियो ओलम्पिक खेलेकी थिइन् ।

सम्बन्धित खवर