नेपाली मुलकी अस्मिता इंग्लिस क्लब टोटेनहममा अनुबन्धित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाली मुलकी अस्मिता इंग्लिस क्लब टोटेनहममा अनुबन्धित

एजेन्सी । नेपाली मुलकी अस्मिता आले मगर इंग्लिस क्लब टोटेनहममा अनुबन्धित भएकी छिन् ।

शुक्रबार टोटेनहमले अस्मितालाई अनुबन्धित गरिएको जनाएको छ । डिफेन्डर अस्मितालाई टोटेनहमले एस्टन भिल्लाबाट अनुबन्ध गरेको हो ।

१९ वर्षीया अस्मिताले टोटेनहमसँग दुई वर्षको सम्झौता गरेकी छिन् । अस्मिता गत सिजन एस्टन भिल्लाको ’प्लेयर अफ द सिजन’ घोषित भएकी थिइन् ।

भिल्लाको उत्कृष्ट खेलाडी घोषित हुँदै अस्मिता प्लेयर अफ द सिजन चुनिएकी हुन् । अस्मिताले गत सिजनको वुमन्स सुपर लिगमा १८ खेल खेलेकी थिइन् ।

इंग्ल्यान्डको यू–१९ टिमकी सदस्य समेत रहेकी अस्मिताले २०१८ मा एस्टनको सिनियर टिममा डेब्यु गरेकी थिइन् ।

एस्टन भिल्लाको उमेर समूहको टिममा उत्कृष्ट प्रदर्शन गरेपछि अस्मितालाई क्लबले व्यवसायिक सम्झौता गरेको थियो ।

अस्मिताले २०१७/१८ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबका खेलाडी, म्यानेजमेन्ट र समर्थकलाई प्रभावित पारेकी थिइन् ।

अस्मिता ८ वर्षको उमेरमा क्लबको एकेडमीमा आबद्ध भएकी थिइन् । इंग्ल्याण्डमा बसोबास गर्दै आइरहेकी अस्मिताका बुवा अमृत आले पूर्व गोरखा सैनिक हुन् ।

सम्बन्धित खवर