टोकियो ओलम्पिक : ब्राजिलले जित्यो पुरुष फुटबल स्वर्ण पदक - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टोकियो ओलम्पिक : ब्राजिलले जित्यो पुरुष फुटबल स्वर्ण पदक

एजेन्सी । ब्राजिलको यू–२३ टिमले जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गतको पुरुष फुटबलको स्वर्ण पदक जितेको छ ।

शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको छ ।

ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एक एक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए ।

निसान स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको ३८ औं मिनेटमा ब्राजिलका रिचार्लीसनले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफको इन्जुरी समयमा माथुएसले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । तर, खेलको ६१ औं मिनेटमा ओयार्जाबलले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा ब्राजिलका माल्कोम नायक बने । उनले खेलको १०८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई २–१ को जितसहित स्वर्ण पदक दिलाए ।

ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको हो । यस अघि ब्राजिलले घरेलु भूमिमा २०१६ मा भएको रियो ओलम्पिकमा समेत स्वर्ण जितेको थियो ।

त्यसअघि ब्राजिलले २००८ को बेईजिङ ओलम्पिकमा स्वर्ण जित्दा २०१२ को लण्डन ओलम्पिकमा रजत पदक जितेको थियो ।

सम्बन्धित खवर