बार्सिलोनाबाट रुदैं बिदा भए लियोनल मेस्सी - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बार्सिलोनाबाट रुदैं बिदा भए लियोनल मेस्सी

एजेन्सी । बार्सिलोनाले कप्तान तथा फरवार्ड लियोनल मेस्सीलाई बिदाइ गरेको छ ।

बार्सिलोनाले आइतबार कप्तान मेस्सीको बिदाइ गरेको हो । बिदाइको पत्रकार सम्मेलनमै मेस्सी रोएका छन् ।

बिदाइमा बोल्दै मेस्सीले आफुले क्लब छाड्न नचाहेको समेत बताए ।

‘यो एकदमै कठिन छ, म यो परिस्थितिका लागि तयार थिइँन,’ उनले भने, ‘गत वर्ष म क्लब छोड्नका लागि तयार थिएँ । तर, यो वर्ष मेरो परिवार र म बार्सिलोनामै आफ्नो बसाइ लम्ब्याउने योजनामा थियौं ।’

‘आज मैले ‘गुड–बाई’ भन्नुपर्छ, म यहाँ १३ वर्षको हुँदा आइपुगेको थिएँ,’ उनले भने, ‘र, २१ वर्षपछि आज मेरी श्रीमती र छोराछोरीसँग बिदा हुँदैछु ।’ उनले आफु कहाँ जाने भन्ने निश्चित नभएको बताए ।

क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्नु पर्ने बाध्यतामा पुगेका उनले पत्रकार सम्मेलनमा अबको यात्रा निश्चित भइनसकेको बताएका हुन ।

क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा मेस्सीसँग सम्झौता नवीकरण गर्न नसकिएको जनाएको थियो ।

६ पटकको बालोन डी’ओर विजेता मेस्सी गत जुन ३० बाटै फ्री एजेन्ट बनेका थिए ।

३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।

मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यसैगरि उनले ७ पटक कोपा डेल रे उपाधि हात पारे ।

सम्बन्धित खवर