फिफा वरीयतामा नेपालको थप सुधार - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिफा वरीयतामा नेपालको थप सुधार

काठमाडौं । नेपालले विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा तीन स्थान सुधार गरेको छ ।

नेपालले बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा तीन स्थान सुधार गरेको हो ।

नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा उक्लिएको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत भारत १ सय ५ औं स्थानमा र माल्दिभ्स १ सय ५८ औं स्थानमा रहेको छ ।

यसैगरि नेपाल भन्दा तल बंगलादेश १८८ औं, भुटान १८७ औं, पाकिस्तान १९८ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यसैगरि ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा इटाली रहेका छन् ।

अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र अमेरिका दशौं स्थानमा रहेका छन् ।

 

सम्बन्धित खवर