‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड किरणलाई - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड किरणलाई

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् ।

बिहीबार चेम्जोङले ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड प्राप्त गरेको भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगले जनाएको छ ।

यस अघि चेम्जोङले ‘आईलिग फ्यान अफ दि सिजन’ अवार्ड समेत जितेका थिए । किरणले पन्जाब एफसीबाट आईलिग खेलेका थिए ।

उनले १४ खेलमा ७ क्लिन सिट हात पारेका थिए । यस्तै किरणले विपक्षीको ५६ सट रोकेका थिए ।

किरण आईलिगको उत्कृष्ट गोलकिपर समेत चुनिएका थिए ।

सम्बन्धित खवर